पाँचथरमा लेक लागेर युवकको मृत्यु

  Sampatti News

February 3, 2022

पाँचथरमा लेक लागेर युवकको मृत्यु

चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए ।

हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।

घटनास्थललाई प्राङ्बुङ प्रहरीले सुरक्षित गरेको छ ।

प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताए ।

प्रकाशित मिति:February 3, 2022