सिके राउतका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड

  Sampatti News

February 3, 2022

सिराह-जनमत पार्टीले आयोजना गरेको राजमार्ग बन्द कार्यक्रम हिंसात्मक बन्दै गएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानका बिभिन्न माग उठाउदै लामो समय देखी बिभिन्न बिरोध कार्यक्रम गर्दै आएको छ ।

यिनै पुर्व निर्धारित कार्यक्रमका बिच आज आयोजना गरिएको राजमार्ग बन्द कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् ।

बिहीबार मिर्चैयाबाट विराटनगर जाँदै गरेको ना४ख१७९८ नम्बरको ट्यांकर नरहा गाउँपालिकामा जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको हो ।

प्रहरीको अनुसार सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको छ ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् भने ढुंगामुढा गर्ने १३ जना पक्राउ परेका छन् ।

जनमत पार्टीले किसान आन्दोलनको नाममा गरेको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ ।

प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति:February 3, 2022