छ महिनामै रु एक अर्ब ६० लाख सङ्कलन

  Sampatti News

February 6, 2022

छ महिनामै रु एक अर्ब ६० लाख सङ्कलन

कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार लक्ष्य रहेकामा पुस मसान्तसम्ममा लक्ष्यको ९५ दशमलव दुई प्रतिशत अर्थात रु एक अर्ब ६० करोड राजस्व सङ्कलन भइसकेको छ ।

अन्य महिनाको तुलनामा माघमा सामान कम आयात हुने गरे पनि माघको दोस्रो सातासम्ममा लक्ष्यको आठ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको भन्सारका प्रमुख भन्सार अधिकृत अमित पौडेलले जानकारी दिनुभयो ।

मुख्यतः सो नाकाबाट डिजेल, पेट्रोलसहित गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार, तरकारी, टायल्स, मार्बललगायतका सामग्रीको भारतबाट आयात हुने गरेको जनाइएको छ ।

डिजेल, पेट्रोलको आयात बढेको र खाद्यान्न सामग्रीसमेत बढी आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख पौडेलको कथन छ ।

अघिल्लो आव २०७७/७८ मा सो कार्यालयको वार्षिक लक्ष्य रु ७९ करोड ६५ लाख रहेकामा रु एक अर्ब ६२ करोड ८८ लाख राजस्व सङ्कलन गरेको थियो ।

छ महिनामै रु एक अर्ब ६० लाख सङ्कलन

प्रकाशित मिति:February 6, 2022