बज्जिका भाषा समाचार सम्पादककाे अनुभव

  Sampatti News

February 6, 2022

बज्जिका भाषा समाचार सम्पादककाे अनुभव

नेपाल पत्रकार महासंघ राैतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा बज्जिका भाषामा (एफ एम रेडियोबाट) समाचार सम्पादकको रुपमा काम गरि पहिलो बज्जिका भाषा सम्पादकको स्थान कायम राख्नु भएको छ ।

उहाँकाे बज्जिका भाषाकाे समाचार सम्पादक भई काम गरेको अनुभवलाई समेटेर सम्पति न्युजसँग गरिएकाे सानाे कुराकानी ।

१. वज्जिका भाषाकाे पहिलो रेडियाे सम्पादक हुदा के कस्ताे अनुभव प्राप्त गर्नु भयाे ?

यसलाई मैले निकै चुनाैती पुर्ण र नयां कामको रुपमा मैले अनुभव गरे ।

तर मेलै समाचार सम्पादककाे काम सम्झे बुझेकाे थिए । रेडियोको लागि समाचार सम्पादन गर्नु । भाषा अनुवाद गर्नु । अरु भाषालाई बज्जिका भाषामा अनुवाद गर्नु ।

तत्कालै अनुवाद गरेर तत्कालै अन एयर प्रसारण प्रसारित गराउनु बहुत कठिनाई पुर्ण रहयो ।

मलाई लाग्थ्यो मैले गरेको काम कतिको ठिक संग गर्न सकिरहेको छु छैन ? त्यस प्रति आम श्रोताको धारणा के होला ? हमेशा आफै संग याे प्रश्न उब्जिरहन्थे ।

जब हाम्रो समाचार आम श्रोता सहित हामी संगै रेडियो (राैतहट एफ एम ९०.८मेगाहर्ज) मा अरु विधामा काम गर्नेले जब मन पराए ती कुराले नै सबै प्रश्नको राम्रो संग जवाफ पाए ।

जो आलोचक थिए । केही हप्ता मै उहाहरुको मुखबाट प्रसंसाको कुरा सुन्न पाए । जुन मेरा लागि अर्थात एउटा भाषासेवीका लागि बहुत ठुलो गर्वको कुरा थियो । स्वभिमानको कुरा थियो ।

एउटा नाैलो काम गरेको छु । कुनै ठुलो लडाई जितेको छु जस्तो लाग्दथ्यो ।

मैले समाचार सम्पादक को हैसियतमा रहेपनि ईलेकट्रोनिक्स संचार माध्यममा दिनमा ३/४ पटक समाचार फेरेर प्रशारणका लागि पठाउदा आजको दिनमा मलाई ती दिनहरु बर्षाै पहिले दिएको शैक्षिक योग्यताको परीक्षा भन्दा कम गम्भीर हुदैन्थ्यो ।

जसको फलस्वरुप नै होला । हामी नयाँ काममा सहजताका साथ सफल भयाै । हाम्रा कामको प्रसंसक मात्र धेरै भएन ।

कतिपयले अनुसरण गरे म यहाँ सम्म दाबी गर्न चाहन्छु कि हामीले बनाएको बाटो लाई नै बज्जिका रेडियोकर्मिले पछ्याउँदै छन ।

२. बज्जिका भाषाकाे सम्पादक भएर कार्यगर्दा यस भाषा प्रती तपाइकाे योगदानको के रहयाे ?

बज्जिका भाषाका लागि मैले गरेको योगदान धेरै ठुलो र अरु काेही भाषासेवीले गर्नु भएको योगदान कम हो ।

म मात्र होईन यसमा कोही सहमत हुदैन । तर मैले गरेको काम कठिन , एकदमै नयाँ र फरक विधामा थिए भन्नमा मलाई कहि कहिल्यै संकोच हुदैन ।

दुनियाँले पत्याउन या न पत्याउन तर ती दिनहरुमा बज्ने हरेक न्युज आगाडीको ट्युन (न्युज फिलर)संगै मुटु धड्केका अनुभव अरु कसै संग छैन होला ।

आज का दिन सम्ममा जो भाषासेवी जुन क्षेत्रबाट बज्जिका भाषाको लागि जुन योगदान पुर्याई रहनु भएको छ ।

त्यसको म ठुलो प्रसंसक छु ।

उहाँहरु प्रति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।

३ . लामाे समय वज्जिका भाषा सम्पादककाे रुपमा कार्य गर्दा वज्जिकाको विस्तारमा आम सञ्चार माध्यमको भुमिका कस्ताे पाउनु भयाे ?

बज्जिका भाषाको मात्र होईन जुन सुकै भाषाको बिस्तारमा प्रचार प्रसारमा आम सञ्चार माध्यमको बहुत ठुलो मुमिका हुन्छ ।

जहाँ सम्म वज्जिका भाषाको कुरा गर्दा हामीले बोल्ने भापा वज्जिका हो । भनेर सर्वप्रथम जानकारी गराउने काम आम सञ्चारमा माध्यमले गरेका छन ।

आम सञ्चार माध्यमले नै भाषासेवीले गरेका हरेक श्रृजना जनजन सम्म पुर्याउने काम गरिरहेका छन । जसका कारण वज्जिका भाषा मात्रै हाेईन ।

कुनै पनि भाषाको विस्तार तथा प्रचारप्रसार मा आम संचार माध्यमको भुमिका निकै ठुलो छ ।

४. मिडिया तथा साहित्यकाे माध्यमबाट वज्जिका भाषामा राैतहटकाे याेगदान के रह्याे ?

राैतहटका अग्रज साहित्यकार, पत्रकार र भाषासेवीले नै नेपालमा बज्जिका भाषालाई गाैरबमय स्थान दिलाउने काम गरेका छन ।

वज्जिका भाषा यहाको माटो ,हावा ,पानी र आमाको बोली हो भने बुझाएका छन । वज्जिका भाषा र राैतहट जिल्ला एक अर्काकाे पुरक भएका छन ।

नेपालमा राैतहटको धेरै कुराले राष्ट्रिय पहिचान बनाउने कार्य गरेका छन ।

तर भाषा र साहित्यका क्षेत्रको कुरा गर्ने हो भने राैतहट वज्जिका भाषा साहित्यका लागि उर्वर भुमि हो भन्ने मान्यता स्थापित गर्न लायक काम भएको देखिन्छ ।

राैतहटमा यि क्षेत्रहरुमा नै सञ्चार माध्यमहरुले निरन्तर काम गरि रहनु पर्ने देखिन्छ ।

राैतहटमा भाषाका कारण अर्थात वज्जिका भाषाकाे प्रचार प्रसार गरे यहाँका सञ्चार माध्यम जति लाेकप्रिय भए मलाई लाग्दैन ।

अरु भाषाकाे प्रचारप्रसार गरेकोे भए यति थाेरै समयमा यहि ख्याति वा लोकप्रियता हासिल गर्न सक्थे ।राैतहटमा वज्जिका भाषामा आम सञ्चार माध्यमले गर्नु पर्ने अझै धेरै काम छन ।

आम सञ्चार माध्यमले केही काम निरन्तर गरि रहेका छन ।

जस्तै यहाँका सबै एफ रेडियोले व्जज्किा भाषामा नै आफ्नो समाचार प्रसारण गरिरहेका छन ।

प्राय:सबै रेडियोका आफना मेन फिलर (सञ्चारमाध्यमको नाम बोल्ने)भाषा वजज्किा नै छन ।

एफ एम रेडियोहरुले अधिकांश कार्यक्रम व्जज्किा भाषामा चलाउदै आएका छन ।

श्रोताले मनपराउनु भएका कारणले नै ती समाचार मुलक होस वा मनोरञ्जनात्मक कार्यक्रमले निरन्तरता पाई रहेको छ ।

स्थानिय भाषा संस्कृतिलाई जगेर्ना गर्ने काम गरे वापतको मुल्यांकन नहुदा ती सञ्चार माध्यम अहिले प्रतिस्पर्धामा पछाडि पारिएको देखिन्छ ।

भाषाकाे प्रचारप्रसार र विस्तारमा लागेका सञ्चारमाध्यम ,सञ्चारकर्मी र सञ्चार उधमीको योगदानको उचित कदर हुन जरुरी देखिन्छ । तबमात्र गर्ने लाई अझै काम गर्ने जांगर चल्छ ।

वज्जिकाको क्षेत्र वा नेपालमा वज्जिकाको सबै थोक राैतहट भएपनि एफ एम रेडियो र केही साहित्यिक पत्रिका बाहेकमा व्जज्किाले अझै किल्ला गाडन बाकी नै छ ।यसलाई अवसर र चुनाैति दुबै मान्न सकिन्छ । यस मानेमा कि गर्नेका लागि अवसर हाे ।

जस्तो व्जज्किा भाषालाई प्रमुख बनाएर वा वज्जिका भाषा भाषिलाई लक्षित गरेर टेलिभिजन,दैनिक समाचार पत्र र रंगिन कलेवरका साप्ताहिका मासिक म्यागजिन आउन बांकी नै रहेका छन ।

यसमा आम सञ्चारमाध्यमले राैतहटमा राम्रो गर्न सक्छन् । जो वज्जिका भाषाको प्रचारप्रसार तथा विस्तार अझै ठुलो याेगदान दिन सक्छन् । धन्यवाद ।

बज्जिका भाषा समाचार सम्पादककाे अनुभव

प्रकाशित मिति:February 6, 2022