मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा

  Sampatti News

February 17, 2022

मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा

काठमाडौँ-मन्त्रिपरिषद् बैठकले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले सम्पति मासिकलाई बताएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

पहिलो नम्बरमा सिफारिस गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।

निराैला पुर्व सचिव टिका दत्त निराैलाका भतिज हुन् । उनि प्रशासन वृतमा डेमाेक्रेटिक प्रशासककाे रुपमा परिचित छन् ।

मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा

प्रकाशित मिति:February 17, 2022