काठमाडौँमा कुकर बम भेटियाे

  Sampatti News

February 18, 2022

काठमाडौँ-काठमाडौँमा कुकर बम भेटिएको छ ।

काठमाडौँकाे कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सडक पेटीमा दुई वटा कुकर बम फेला परेको जनकारी गराएकाे छ ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

एमसीसीको विरोधमा काठमाडौँमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधवार नेपाल बन्दको आयोजना गरेका थिए।

प्रकाशित मिति:February 18, 2022