धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

  Sampatti News

February 18, 2022

धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

काठमाडौँ-लामो समय पश्चात नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत रहेका हमालले धितोपत्र बोर्डको समग्र सुधारको प्रतिज्ञा समेत गरेका छन् ।

धितोपत्र बोर्डका पुर्व अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको पाइएसँगै सरकारले उनलाई गत असोजमा बर्खास्त गरेको थियो ।

ढुंगानाको बर्खास्तीसँगै लामो समय नेतृत्व विहिन बनेको धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

प्रकाशित मिति:February 18, 2022