गठबन्धनबारे निर्णय गर्दै काँग्रेस

  Sampatti News

March 28, 2022

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ ।

सोमबार विहान ११ः३० मा पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने बताईएको छ ।

आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने तय भएको सहभागी नेताले बताएका छन् ।

गठबन्धनको मोडालिटीबारे पछि टुंगो लागाउने गरि आज गठबन्धनकोबारे मात्र निर्णय हुने भएको हो ।

जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी समेत रहेको छ ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने कार्यक्रम तय गरिउको छ ।

प्रकाशित मिति:March 28, 2022