स्थानिय चुनाव अगाडी भारत भ्रमणमा जादै प्रम देउवा

  Sampatti News

March 28, 2022

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तय भएको छ ।

यही चैत १८ गतेका लागी देउवाको भारत भ्रमण तय भएको हो ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै देउवाको सरप्राईज भारत भ्रमणको जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच चैत १९ गते भेटवार्ता हुने छ ।

भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

भारतीय व्यवसायीहरूलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का, अरू मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:March 28, 2022