पत्रकारको स्वास्थ्यपरीक्षण

  Sampatti News

March 28, 2022

जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो ।

भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएको छ ।

उक्त नमूनाबाट कलेजो, मिर्गाैला रोग, मधुमेह, थाइराइड, रगतमा बोसोको मात्रा, सिविसी (ब्लड इन्फेक्सन), तीन महिनासम्म मधुमेहको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ ।

यही चैत १६ गते महासङ्घको कार्यालय भरतपुरमा फिजिसियन डा भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकले आज सङ्कलित रगतको रिपोर्ट हेर्ने र आवश्यक स्वास्थ्य परामर्श गर्नुहुनेछ ।

कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने छ ।

परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधिसमेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी सङ्घ चितवनले औषधि सहयोग गर्ने छ ।

प्रकाशित मिति:March 28, 2022