सामाजिक सञ्जाल मार्फत हुने निर्वाचन आचार संहिता उल्लंघन तर्फ आयोग चिन्तित: प्रमुख आयुक्त

  Sampatti News

April 6, 2022

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सामाजिक सञ्जाल मार्फत हुने निर्वाचन आचार संहिता उल्लंघन तर्फ आयोग चिन्तित रहेको बताउनु भएको छ ।

काठमाडौँ स्थित तराई विकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको शुसासन प्रत्याभुतका निम्ति सुचना प्रविधिको प्रयोग र यसका चुनौती बिषयक अन्र्तक्रिया तथा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त,महालेखा परिक्षक र मुख्य सचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त पुस्तक प्रकाशन तथा सम्प्रेषण गर्नुभएकोमा प्रकाशकलाई धन्यवाद दिदै प्रकाशन निरन्तरताको अपेक्षा रहेको बताउनु भयो ।

संघियताको सवालमा कुरा गर्दै उहाँले ताप्लेजुङ्गका शिक्षकको सरुवा तथा नियुक्ती काठमाडौँमा हुने ब्यवस्था संघियता नभएको बताउनु भयो ।

सुचना प्रबिधिको बारेमा बोल्दै आयुक्त थपलियाले अहिले आयोगले प्रबिधिको प्रयोग मार्फत भोट हाल्ने स्थानको बाटो समेत देखाउने गरी जिपिएस प्रबिधि मार्फत काम भई रहेको बताउनु भयो ।

आयुक्त थपलियाले मतदाता नाम दर्ताको आंशिक कार्य अनलाईन मार्फत गर्ने कार्यको सुरुवात गर्न आयोग तयारी अबस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त,महालेखा परिक्षक र मुख्य सचिवले सयुक्त रुपमा संघियतामा नेपालको सार्वजनिक प्रशासन बिषयक पुस्तक लोर्कापर्ण गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, प्रमुख महालेखा परिक्षक टंकमणिशर्मा, पुर्व लोकसेवा अध्यक्ष उमेश मैनाली, पुर्व मुख्य सचिव विमल कोईराला, काठमाडौँ उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, बिभिन्न मन्त्रालयका सचिव, बिभिन्न बिभागका महानिर्देशक, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायत, प्रशासन क्षेत्रका ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:April 6, 2022