हातहतियार सहित वडाअध्यक्ष पक्राउ

  Sampatti News

April 8, 2020

काठमाडौँ । गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष रवीन्द्र शाही गड्डदुई थान हतियार र ८२ हजार नगदसहित पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–१० का वडाअध्यक्ष कञ्चनपुरबाट हतियारसहित पक्राउ परेका छन् ।
शाहिलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७ भारतीय नम्बरको टोयोटा फरच्युन गाडीमा दुई थान बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
शाहीको साथबाट प्वाइन्ट टुटु एलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले सो गाडीबाट नेपाली १ हजार दरका ७१ हजार र ५ सयको नोट ५ हजार ५ सय रुपैयाँ समेत बरामद भएको जानकारी दिए ।
साथै उनको साथबाट मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड समेत बरामद भएको छ ।
पक्राउ परेका वडाअध्यक्ष शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 8, 2020