आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

  Sampatti News

April 7, 2022

काठमाडौँ-अपराह्न चार बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को नियमित बैठक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न चार बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरू गर्दै छ ।

आजकै बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक पनि नियुक्त गर्न लागेको सञ्चार उच्च स्रोतले जानकारी दिएको छ ।

बुधवार साँझैसम्म बसेको सिफारिस समितिले पठाएका तीनमध्ये एक जनालाई सरकारले प्रवन्ध निर्देशक नियुक्त गर्ने निर्णय गर्नेछ ।

प्रकाशित मिति:April 7, 2022