पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

  Sampatti News

April 10, 2022

काठमाडौँ-पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् ।

अविश्वास प्रस्ताव संसदबाट पास भएसँगै इमरान खान पदबाट हटेका हुन् ।

गएको राति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्रीको पद गुमेको हो ।

विपक्षी दलहरूले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाउँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

अल्पमतमा परेपछि खानले गरेको संसद् विघटनलाई अदालतले पुनस्थापना गरिदिएसँगै गए राति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।

प्रकाशित मिति:April 10, 2022