आज मधेस प्रदेशसभाको बैठक बस्दै

  Sampatti News

April 11, 2022

काठमाडौं – मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति:April 11, 2022