सडकविभागले लकडाउनअवधिभरि आफ्नो काममा तिव्रता दिँदै

  Sampatti News

April 8, 2020

देश अहिले लकडाउनमा छ । बाहिर सुनशान छ । अत्यावस्यक सामान बोक्ने गाडी, एम्बुलेन्स, प्रेसका गाडी तथा अत्यावस्यक अन्तर्गत पर्ने सेवा सञ्चालन गर्ने व्यत्तिहरु मात्र देखिन्छन् ।
उपत्यका बासिहरुलाई कुनै समय प्रर्याप्त समय नभएर काठमाडौँ नियालेर हेर्ने फुर्सद थिएन अहिले बाहिर निस्कनै मिल्दैन । यसै क्रममा घरको छतबाट सहर नियाल्नेहरु धेरै छन् ।
सधै बाहिर हिड्दा धुवा धुलो र खाल्डाखुल्डीको समस्या भोगेका काठमाडौँ बासीहरु यतिबेला घरबाट सुन्दर सहर नियाल्दै छन् । यो समयमा उनीहरु उपत्यका एक सपनाको सहरजस्तो देखेको बताउँछन् । उनीहरुलाई लाग्छ बाहिर कोही ननिस्कीएको र वशन्त रितुको कारण हरीयाली पलाएर सहर सुन्दर देखिएको छ ।
तर यर्थाथ विल्कुल फरक छ, यर्थाथ यो हो कि सडकमा काम भइरहेको छ । उपत्यकामा जेब्रा क्रस वा सेन्ट्रल लाइन सबैभन्दा समस्याको रुपमा रहेको थियो । यसको मर्मत र सम्भारको लागि सडक विभागले लकडाउनलाइ अवसरको रुपमा परिणत गरिदिएको छ । ।
लकडाउनको बेलामा सामाजिक दुरी कायम गरी जिल्ला प्रशासन कार्यालयबाट पास लिएर लकडाउनको दोस्रो दिनदेखि जेब्रा क्रस, सेन्ट्रल लाइन लगायतमा काम सुरु गरिएको सडक विभागमा कार्यरत सरल अनि सहज प्रशासक उपसचिव इ.जिवेन्द्र मिश्रले सम्पत्ति न्युजलाई बताउनुभयो ।
‘लक डाउन उलंघन गर्यो भन्ने आरोप लाग्छ की भन्ने डर थियो । त्यसैले निकै थोरै मानिसको टिम बनाएर सामाजिक दुरी कायम राखेर काम गर्यौँ,’ उहाँले भन्नुभयो ।
नेपालीको अनुसार भखर्रै ओभर ल्याप गरेर भ्याइएको सडकमा रेखाङ्कन गरिएको हो।
हाल माहाराजगञ्जदेखि बालुवाटर, माइतिघरदेखि थापाथली लगायतको क्षेत्रमा रेखाङ्कन सकिएको छ । अहिले गरिएको रेखाङ्कन विगतकोभन्दा राम्रो भएको उनको दाबी रहेको छ र देख्दा पनि साच्चीकै राम्रो भएको अनुभूती हुन आउँछ ।

त्यसैगरी सवारीको अत्याधिक चापको कारण कोटेश्वर जडिबुटी सडक खण्डमा बनेका हम्प (टुटिल्का) पनि हटाइएको छ । ‘सामान्य अवस्थामा यहाँ दैनिक ३० देखि ४० हजार सवारी साधन गुड्छन् । हामीले चाहेर पनि त्यहाँको हम्प हटाउन सकेका थिएनौ । लकडाउनको मौकामा त्यो पनि बनायौँ,’ उहाँले भन्नुभयो ।
लकडाउनमा सडक विभागले थालेका कामहरु साच्चीनै उपत्यकावासीहरुलाई लोभ लाग्दो र मनमोहक त्यत्तिबेला देखिने छ जुनबेला लकडाउन सकिने छ । अघिपछि व्यस्त रहने उपत्यकाका सडकहरुमा सडकविभागले लकडाउनको मौका छोपी भरपुर उपयोग गरेको उपसचिव मिश्रको भनाई छ ।
सडक विभागका महानिर्देशक केशव कुमार शर्माको कमाण्डमा रहेको सडक सुधार अभियान साच्चै लोभलाग्दो, भरपर्दाे र परिर्वतनको अनुभूति दिलाउन सक्ने कामको परिणामले उपत्यका वासीले महशुस गर्न सक्ने उपसचिव मिश्रको भनाइ छ ।
लकडाउन अवधिभरि सडक विभागले सहरमा आफ्नो जनशत्तिले भ्यायसम्म कामहरु निरन्तर गरिरहने उहाँको भनाइ छ ।

इ.जिवेन्द्र मिश्र , उपसचिव , सडक विभाग

प्रकाशित मिति:April 8, 2020