कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्दै

  Sampatti News

April 16, 2022

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको बैठकको लागि आह्वान गरेका हुन् ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे सुरु हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

आजको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगaरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुनेछ ।

उनकाअनुसार बैठकमा भरतपुर र वीरगन्ज महानगरको नेतृत्वबारे छलफल हुनेछ। पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) लाई दिने सार्वजनिक भए लगत्तै स्थानीय नेताले अस्वीकार गरेका थिए।

प्रकाशित मिति:April 16, 2022