आगामी निर्वाचनपछि पाँच वर्ष सरकार चलाउने ओलीको दाबी

  Sampatti News

April 17, 2022

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि अब बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

शुक्रबार लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । उनले जनताको आकर्षण एमालेमा रहेको भन्दै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

प्रकाशित मिति:April 17, 2022