सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

  Sampatti News

April 18, 2022

काठमाडौं -सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।

गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।

बिहानको बैठकमा छलफल जारी रहेको र खानाका लागि केही समय स्थगन गरी बैठक पुनःअपराह्न २ः३० बजेपछि बस्ने प्रधानमन्त्रीका कानून विज्ञ एवं समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकमा विशेषगरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा छलफल भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति:April 18, 2022