राजेन्द्र महतोको फेसबुक ह्याक ?

  Sampatti News

April 19, 2022

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।

आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिए र प्रचार गरिएको महतोले बताए ।

गुनासो आएपछि नेता महतोले फेसबुक चेक गरेर स्टाटस हेरेपछि उनी आश्चर्यमा परेका छन् ।
नेता महतोले लगत्तै आफ्नो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नरहेको स्टाटस लेखेका छन् ।

‘यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु’ महतोले बताए ।

प्रकाशित मिति:April 19, 2022