करेन्ट लागेर एक जना युवकको मृत्युु

  Sampatti News

April 22, 2022

काठमाडौं – सप्तरीकाे छिन्नमस्तामा एक जना युवकको करेन्ट लागेर मृत्युु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न ६ खुदिबखारिमा करेन्ट लागेर (हिजो) बेलुका १९ बर्षिय युवक शत्रुधन कुमार मण्डलको मृत्युु भएको हो ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न -६ खुदिबखारी निवासि इनरदेव मण्डलका छोरा सत्रुधन मण्डल घर नजिकै छिन्नमस्ता गाउपालिका वडा न-३ स्थित सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा अचानक करेन्ट लागेर सख्त घाइते भएका मण्डललाई तत्काल उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको उपचारक्रममा उनको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक युवकको शव पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको र उक्त घटनाकोबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । –

प्रकाशित मिति:April 22, 2022