भारतमा कोरोना संक्रमण बढ्न थाल्यो : सचेत रहन मन्त्रालयको आग्रह

  Sampatti News

May 2, 2022

काठमाडौ- ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि चाथौ लहरको कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय देखि भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता रहन आग्रह गरेका छन् ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड पालना गर्नुपर्ने बताएको छ ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘विश्वव्यापी रुपमा संक्रमण घटेको भएपनि हामी बसेको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ ।त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ । हाम्रोमा एकदमै चाँडै त्यही अवस्था आउँछ ।

हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं’ उनले भने । चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ’ उनले भने ।

प्रकाशित मिति:May 2, 2022