बस अर्को पेट्रोलियम पदार्थ ढुवानी ट्याङ्कर ठोक्किंदा युक्रेनमा २६ जनाको मृत्यु-१२ घाइते

  Sampatti News

May 4, 2022

काठमार्डौं – युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ ।

“दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको जानकारी दिएको छ । पिडित मध्ये अधिकांश युवा रहेको पनि जनाइएको छ । रुसको आक्रमणमा परी सयौँ युक्रेनीहरुको मृत्यु भइरहेका बेला दुर्घटनामा परी २६ युक्रेनीको मृत्यु भएको हो ।

प्रकाशित मिति:May 4, 2022