निर्वाचनको लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त गस्ती

  Sampatti News

May 12, 2022

काठामडौं – वैशाख ३० गते स्थानीय तह निर्वाचनको लागि सुरक्षाका लागि नेपाल र भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ ।

मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ । यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ । मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षीसँगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् ।

प्रकाशित मिति:May 12, 2022