काठमाडौंमा फेरि थुप्रियो फोहोर

  Sampatti News

May 15, 2022

काठमाडौं – काठकाडौं उपत्यकाको विभिन्न ठाँउमा फोहर एतिकै थुप्रियेको छ ।
काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।
फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ ।

चुनावको बैला सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछ ।

प्रकाशित मिति:May 15, 2022