चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

  Sampatti News

May 15, 2022

काठमाडौं – चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ ।

वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी हुनुभएको छ ।

प्रकाशित मिति:May 15, 2022