बजेटपछि कुशल महिला प्रशासक उर्मिला श्रेष्ठ के भन्छिन ?

  Sampatti News

June 3, 2022

नेपाल सरकारले संसदमा बजेट पेश गरेको छ । यसै बजेटका बारेमा सस्थानका एकजना कुशल महिला प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रस्तुत बजे,सम्बन्धि धारणा :

बजेटको उद्देश्य उत्पादनमा आधारित हुने, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने आदि रहेको देख्नु हुन्छ । आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सरकारले ल्याएको छ भने राजश्वको लक्ष्य १२ अर्ब ४० करोडको राखिएको छ । कृषि उत्पादन वृद्धि , आयात प्रतिस्थापन र निर्यात प्रबर्धन गर्ने बिषयमा बजेटले उस्तै जोड दिएको पनि पाईन्छ । बजेटले धेरै क्षेत्रलाई समेटेको पनि छ ।
बजेट सार्वजनिक भएसँगै हाल सोको बिषयमा समिक्षा हुँदै आएको छ । मुख्य रुपमा बजेटले प्रभावित पार्ने हुँदा लगानीकर्तार निजी क्षेत्र र सार्वजनिक क्षेत्र सम्बद्धको चासो उच्च रहन्छ । सरकारले प्रस्तुत गर्ने बजेटलाई सबै क्षेत्र बाट पनि उस्तै महत्व दिएको हुन्छ । यसै सन्दर्भमा हामीले पनि आ. ब. २०७९/२०८० को बजेट सम्बन्धमा समिक्षा समेत गरेका छौ ।

जसमा हामीसँग निजी क्षेत्रको जेठो संगठन तथा छाता संस्था मध्येको एक नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला उद्यमीहरुको छाता नेपाल महिला चेम्बरकी अध्यक्ष र सार्वजनिक निजी साझेदारी अन्तर्गत निजी क्षेत्रको ७८ प्रतिशत भन्दा माथि लगानी रहेको र अन्य लगानी नेपाल सरकारको रहेको साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडकि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सुझबुझ दर्विलो क्षमता कै कारण साल्ट ट्रेडिङ आज सम्म टिकेको छ । धेरै सरकारी सस्थानहरु बन्द मात्रै भएका छैनन कतिपय कार्यालयमा माकुरोको जालोले मात्रै भरिएको छ ।

जतिबेला मुलुकमा प्राकृतिक संकट आइपर्छ त्यतिबेला तिनै उर्मिलाको कुसल ब्यबस्थापनले साल्ट ट्रेडिङले सकट टार्न खेलेको भुमिका बारे दर्ज गरेको इतिहास हामी बीच सुरक्षित छ । कर्पोरेसनमा उहाँको र उहाँकै पारिवारिक रुपमा पनि ठुलै हिस्सा लगानी रहेको छ । निजी क्षेत्र साथै निजी सार्वजनिक मोडलको संस्थान सम्बद्ध रहनु भएकाले सम्पत्ति न्युजले मुख्य रुपमा सोही बिषय माथि केन्द्रित रहेर उहाँसँग कुराकानी गरेका छौ । उक्त संवादका क्रममा हामीले बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका क्षेत्र देखी निजी क्षेत्रको अपेक्षा, प्रस्तुत सुझाव, सुझावको कार्यान्वयन, बजेटले निजी लगानीको संरक्षण, जनस्वास्थ्य, महंगी नियन्त्रण र उपभोक्ताको सवाल, महिला उद्यमशिलता विकासको सवाल, आर्थिक तथा वित्तिय संकुचनबाट मुलुकलाई निकास दिने खालका योजना तथा कार्यक्रम आयो आएन भन्ने लगायतका विविध सवाल उपर केन्द्रित प्रश्नको जवाफ उहाँले दिनुभएको छ ।

उर्मिला श्रेष्ठ एक अनुभवी र बौद्धिक व्यक्तित्व समेत हुनुहुन्छ । मुल रुपमा निजी क्षेत्रको प्रतिनिधी भएता पनि नेपाल सरकारले पनि उहाँको कार्य क्षमता र व्यवस्थापकिय कार्य कौशलताको उच्च मुल्याङ्कन गर्दै आएको पाईन्छ । उहाँमा नेतृत्व क्षमता समेत प्रबल रहेको नै देखिन्छ । नेपालको निजी क्षेत्रकै जेठो संगठन चेम्बर अफ कमर्सको ७० बर्षको इतिहासमा उहाँ पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ भने सम्भवत उहाँ नेपालमा कर्पोरेट सेक्टरको ठुलो संस्था अझ भनौ लिमिटेड कम्पनीहरु मध्येमा पनि पहिलो महिला कार्यकारी प्रमुखको भूमिकामा रहेर काम गर्ने र लामो समयसम्म नेतृत्व प्रदान गर्ने महिला हुनुहुन्छ । उहाँ कयौ महिलाहरुको रोलमोडल त हुनुहुन्छ नै पुरुषहरुले पनि उस्तै मानेको हामी पाउँछौ । उहाँका पिताजी नेपाल चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । पिताजीकै पदचापलाई पछयाउदै उहाँ चेम्बर आन्दोलनमा होमिदै आउनु भएको छ । महिलाहरुको बिषयमा बढि गम्भिर हुने सामाजिक सेवा भाब गर्नसक्ने क्षमता उहाँ राख्नुहुन्छ । उहाँसँग हामीले आ. व. २०७९/२०८० को बजेटको समिक्षा गरेका थियौ उहाँ भन्नुहुन्छ अब ब्यबहारिक सहजतामा जानुपर्छ ।

प्रकाशित मिति:June 3, 2022