नेकपा एमालेद्दारा राष्ट्रियसभा बैठक अवरुद्ध

  Sampatti News Online

June 17, 2022

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

तर एमालेले अर्थमन्त्री शर्माको विराधे गदैं बैठक अवरोध गरेको हो । दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनाधिकृत रुपमा विचौलियालाई सहभागी गराएर रको दररेट निर्धारण गर्ने काम गरेकोले त्यसमा संसदीय छानविन गर्नुपर्ने माग गरे ।

उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरेपनि यस विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताए । त्यसो गर्न पनि नमानिएकाले अर्थमन्त्रीलाई एमालेले स्वीकार गर्न नसकिने एमाले सांसद भटटराईले बताए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति:June 17, 2022