नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

  Sampatti News Online

June 17, 2022

काठमाडौं । नेप्से शुक्रबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर एक हजार ९ सय ७१ दशमलब ३६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १२.५७ अंकले बढेर एक हजार ९ सय ७८ दशमलब ९४ विन्दुमा बन्द भएको थियो ।

आज शेयर कारोबार दुई घण्टा भएको थियो । यस अवधिमा नेप्सेमा ७३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब १८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ६० कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५९६.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर लिमिटेडको नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 17, 2022