त्रिभुवन विमानस्थलबाट चार लाख भारु सहित भारत जान लागेका युवक प्रहरी नियन्त्रणमा

  Sampatti News Online

June 17, 2022

काठमाडौँ । प्रहरीले चार लाख भारु सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपाली करिब ४ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

त्रिभुवन विमानस्थल प्रहरीले तनहुँको ब्यास नगरपालिका – १२ का रन्जन पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएकाले पाण्डेका साथमा भेटिएका कारण उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठले बताए ।

पाण्डे नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए ।
उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:June 17, 2022