बहालवाला कर्मचारीको भन्सार एजेन्ट बन्ने सपना सपनामै सिमित

  Sampatti News Online

June 19, 2022

काठमाडौँ । बहालवाला कर्मचारीको भन्सार एजेन्ट बन्ने सपना सपनामै सिमित भएको छ । एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका छन् । बहालवाला कर्मचारीलाई पनि भन्सार एजेन्ट बन्न दिने मनसायसहित अर्थले मागेको रायमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विमतिपछि एजेन्टको परीक्षामा नाम निकालिसकेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने भएका हुन् । कर्मचारीले भन्सार एजेन्ट बन्न नपाउने भएका छन् ।

मन्त्रालयको रायपछि भन्सार विभागले एजेन्टको परीक्षामा नाम निकालेका बहालवाला कर्मचारीहरू अन्तर्वार्तामा सहभागी हुन नपाउने सूचना प्रकाशित भएसँगै उनीहरूको दोहोरो सुविधा पाउने सपना चकनाचुर भएको छ । बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न वैशाख १७ गते लिएको परीक्षामा सयौँको सङ्ख्यामा सरकारी कर्मचारी नै सहभागी भएको अनुमान विभागको छ ।

प्रकाशित मिति:June 19, 2022