रौतहटका वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

  Sampatti News

June 19, 2022

रौतहट । वडाअध्यक्ष सहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । रौतहटका निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता गरिएको हो । गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झम्क प्रसाद चौंलागाँइ सहित शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजम्मिल, सेराज भन्ने मतिउर रहमान, मुस्तुफा भन्ने शेख उस्तफरमाथि जाहेरी दर्ता गराएको जनाएका छन् ।

मुद्दा दर्ता भएको लामो समय बितिसक्दा पनि पीडकहरु खुलेयाम हिँडडुल गरिरहेको पीडितको गुनासो छ । स्थानीय तहको निर्वाचनमा विजयी भएपछि र्याली निकाल्ने क्रममा उनीहरुले एकै परिबारका ७० बर्षीय शेख जियाउल हक, ४० बर्षिय शेष ओसि अख्तर १८ बर्षिय शेख जमसैद, ६५ वर्षीय इस्लामुन सेखिन र ३५ बर्षिय इस्लामुन सेखिनलाई धारीलो वाँसको फराठाले निर्घात कुटपिट गरेको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी उपरिक्षक विनोद घिमिरेले जाहेरी दर्ता भएकाले कानुनी प्रक्रिया थालिएको बताएका छन् । जाहेरीमा पीडितले आफनो घरमा रहेको २ वटा मोटरसाईकलको दुईलाख, घरमा राखेको टेक्टर तोडफोड गरी ५ हजार, घरको टाली तोडफेड गरी २५ हजार गरी दुईलाख तीस हजार रुपियाँ बराबरको क्षेती पु(याएको जनाएको छ ।

पीडित शेख ओसि अख्तरले आफूहरु माथि ज्यान मार्ने धम्की दिने, कुटपिट गर्नेहरु बजारमा खुलेयाम हिँडडुल गरिरहेकाले आफूहरुले असुरक्षित महशुस गरेको बताएका छन् ।

प्रकाशित मिति:June 19, 2022