नेप्सेमा उच्च अंकको गिरावट, एक अर्ब ४९ करोडमाथिको कारोबार

  Sampatti News Online

June 23, 2022

काठमाडौं । बिहिबार नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९६०.७० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०५.३० रुपैयाँ पुगेको छ ।

शिवश्री हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

प्रकाशित मिति:June 23, 2022