आदर्श लघुवित्तकाे आईपीओ बाँडफाँट, पाँच जनाले पाए ११ कित्ता

  Sampatti News Online

June 27, 2022

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो ।

गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा ६ हजार २६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन उक्त गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गरेकोे हो । सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो ।

यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।

प्रकाशित मिति:June 27, 2022