नबिल र नेपाल बंगलादेश बैंककाे मर्ज कारोबार सुरु

  Sampatti News Online

July 11, 2022

नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन्। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेका थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार गर्न थालेका हुन्। गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेका थिए भने एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेका थिए।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्। दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित मिति:July 11, 2022