नेपाल राष्ट्र बैंकको गभर्नर विरुद्ध विरोध प्रदर्शन

  Sampatti News Online

July 17, 2022

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेका छन् । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रहरीको धरपकडबमा केही प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले भनेका छन् ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।
उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनकारिलाई लक्षित गरी नेपाल राष्ट्र बैंकको वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

प्रहरी धरपकडपछि फेरि एक ठाउँमा भेला हुँदै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गभर्नरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति:July 17, 2022