सुनको मूल्य कति रुपैयाँले बढे

  Sampatti News Online

July 18, 2022

काठमाडौं । सोमबार सुनको मूल्य ४०० रुपैयाँले बढेका छन् । नेपालमा सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनमा प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्यमा तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति:July 18, 2022