सेयरबजारमा समान्य अंककले सुधार

  Sampatti News Online

July 20, 2022


काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजारमा समान्य अंककले सुधार भएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएका छन् ।

चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएका छन् । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ । १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

प्रकाशित मिति:July 20, 2022