अनधिकृत व्यक्ति संलग्न नगराएका शर्मा

  Sampatti News Online

July 21, 2022


काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण कार्यक्रममा अनधिकृत व्यक्ति संलग्न नगराएका बताएको छ ।
बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । सोही दिन बजेट निर्माण प्रकरणबारे छानविन गर्नका लागी ११ सदस्यीय छानविन समितिको गठन गरिएको थियो ।

समितिले उक्त प्रकरणमा मुछिएका भनिएका बिभिन्न व्यक्तिसँग सोधपुछ गर्ने क्रममा बिहीबार शर्मासँग सोधपुछ गरेको हो । उनले बजेट निर्माणमा मन्त्रालयका अधिकारीबाहेक अन्य असम्बन्धित व्यक्ति कोही संलग्न नभएको दोहोर्याएका हुन् । स्थापित मूल्य, मान्यता, विधि र पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति:July 21, 2022