राष्ट्रपति भवन सेनाको नियन्त्रणमा

  Sampatti News Online

July 22, 2022


काठमाडौं । श्रीलंकाली सेनाले कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सरकारविरोधी प्रदर्शनकारीलाई धरपकड गर्दै सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

साथै, सेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्टहरु भत्काइदिएको छ । केही प्रदर्शनकारी नेताहरुलाई समेत सेनाले नियन्त्रणमा लिएको समाचारहरुमा जनाइएको छ ।
प्रधानमन्त्रीको कार्यालयअगाडि टेम्पल ट्रिजबाट प्रदर्शनकारी हटेपछि सेनाले राष्ट्रपति सचिवालय आफ्नो नियन्त्रणमा लिएको हो । सेनाको धरपकडमा केही प्रदर्शनकारी घाइते भएको पनि अल जजिराले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएको केही घण्टामै सेनाले कारबाही सुरु गरेको हो । हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भागेका थिए । विक्रमासिंघले शुक्रबार नयाँ प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित मिति:July 22, 2022