कोरोना संक्रमणमितको संख्या बढदै

  Sampatti News

July 26, 2022

१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको छ भने ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

प्रकाशित मिति:July 26, 2022