पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी

  Sampatti News Online

July 28, 2022


एजेन्सी । मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएका छन् ।
टोलोन्युजले अफगानिस्तान चैंबर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट प्रमुख मोहम्मद योनस मोहम्मदको भनाइ उद्धृत गर्दै बताएअनुसार यस अवधिमा देशले झन्डै १९ हजार टन ताजा फलफूल र करिब १८ लाख टन कोइला निर्यात गरेको छ जसको मूल्य चार करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ ।

ताजा र सुख्खा फलहरू मिलेर बनेको अफगानिस्तानको प्रमुख निर्यात प्रायजसो भारत र पाकिस्तानमा र कोइला पूर्णतया पाकिस्तानमा निर्यात गरिन्छ ।
अफगानिस्तानले ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाली देशहरूमा आफ्नो निर्यात बढाउने प्रयास गर्दै आएको छ ।

यसैक्रममा अफगान व्यापारीहरूले केन्द्रीय सरकारसँग अवरूद्ध एअर करिडरलाई पुनः सञ्चालनमा ल्याउन र चीन, युरोप र अरब मुलुकमा पुनः निर्यातका लागि गृहकार्य थाल्न माग गर्दै आएका छन् ।

प्रकाशित मिति:July 28, 2022