एकैदिनमा कोरोना बाट २ जनाको मृत्यु, थप ७१० जनामा कोरोना संक्रमण

  Sampatti News Online

July 28, 2022


१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए संगै दुई जनाको मृत्यु भएका छन् ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५४९ पुगेका छन् ।

प्रकाशित मिति:July 28, 2022