नेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी

  Sampatti News Online

July 29, 2022

विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले २५५ वटा बाघ हो।

नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेका थिए।
सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो। उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए। नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नै गएका थिए।

उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो। त्यति बेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो।

बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो। सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो।

अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन्।

संख्या बढेकै कारण बाघले मान्छे मार्न थालेका छन्

यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका प्रमुख चिरञ्जीवी पोखरेललाई सोधेका थियौं। पोखरेलले इटालीको युनभिर्सिटी अफ फेराराबाट बाघसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

उनले पछिल्लो समय बाघ र मानिसबीच द्वन्द्व बढ्नुमा बाघको आपसी सम्बन्ध र मानिससँगको सम्बन्ध कारण हुन सक्ने बताए।

पोखरेलका अनुसार नेपालमा पाइने बाघको नाम रोयल बंगाल टाइगर हो। बोलीचालीको भाषामा यसलाई पाटेबाघ भनिन्छ। यो जंगलको मुख्य शिकारी हो। यसको आयु औसतमा १५ वर्ष हुन्छ।

विशेष गरी तराईमा पाइने यो बाघ पछिल्लो समय डडेल्धुरा र इलामजस्ता पहाडी भेगमा पनि भेटिएको छ।

ुहेर्दा निकै डरलाग्दो देखिने भए पनि यो बाघ निकै लजालु स्वभावको हुन्छ। मानिसहरूसँग सकभर सम्पर्कमा आउन नचाहने, टाढैबाट देखादेख भइहाले पनि लुक्ने उसको प्राकृतिक स्वभाव हो,’ पोखरेलले भने, ‘अहिले ऊ आफ्नो स्वभावविपरीत मान्छेमाथि जाइलागिरहेको छ।’

बाघले यसरी मान्छेलाई आक्रमण गर्नुमा चारवटा कारण हुन सक्ने पोखरेल बताउँछन्।

सबैलाई थाहा छ, बाघ जंगलमा आफ्नो क्षेत्र बनाएर बस्छ।

पोखरेलका अनुसार एउटा पोथी बाघले २५(३० किलोमिटरमा आफ्नो क्षेत्र बनाउँछ भने भाले बाघको क्षेत्र ४० देखि १०० किलोमिटरसम्म हुन सक्छ। क्षेत्र बनाउनमा पोथीभन्दा भाले बाघ निकै संवेदनशील हुन्छन्।

भाले बाघले आफ्नो क्षेत्रमा चार(पाँचवटा पोथीलाई पनि राख्न सक्छ तर अर्को भाले बाघ आएको सहनै सक्दैन। दिसा(पिसाब, गन्ध लगायत अन्य विभिन्न संकेतहरूबाट बाघले आफ्नो क्षेत्र बनाएका हुन्छन् र अरू आएको पनि त्यस्तै माध्यमबाट थाहा पाउँछन्।

९६८ किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले १२५ वटा बाघ छन्।

ुकतिपय ठाउँमा क्षेत्र ओभरल्यापिङ भएको पनि हुन सक्छ तर उनीहरू आफ्नो मुख्य क्षेत्रमा अरूलाई छिर्न दिँदैनन्,’ पोखरेलले भने, ‘नयाँ बाघलाई पुरानाले ठाउँ नदिएको वा धेरै बूढो भएपछि तन्नेरीले लखेटेको पनि हुन सक्छ। यस्तो बेला कमजोर बाघले घना जंगलभन्दा टाढा आहारा नपाउने क्षेत्रमा जानुपर्ने हुन्छ।’

यस्ता बाघ बस्तीनजिक आइपुग्ने र मानिसलाई देखे आक्रमण गर्न सक्छन्।

बाघले मान्छेलाई आक्रमण गर्नुको कारण आहारा पनि हुन सक्ने पोखरेलले बताए।

एउटा वयस्क बाघले एकपटकमा ४० किलोसम्म मासु खान सक्छ। खान नसकेको मासु उसले लुकाएर पछिका लागि साँचेर राख्छ।

त्यति मासुको जोहो गर्न उसलाई सजिलो भने हुँदैन।

पाटेबाघको मनपर्ने आहारा मृग, जरायो, बँदेल, निलगाई, गौरीगाईजस्ता जनावर हुन्। नेपालमा बाघको संख्या बढेसँगै उसका आहाराको संख्या पनि बढेको पोखरेल बताउँछन्।

यी जनावरको शिकार गर्न भने बाघले निकै समय र शक्ति खर्च गर्नुपर्छ। पोखरेलका अनुसार बाघले शिकारका लागि गरेका प्रयास १०(१५ प्रतिशत मात्रै सफल हुन्छन्।

ुएकचोटि मान्छेलाई आक्रमण गरेको बाघले सजिलो शिकार ठानेर फेरि पनि आक्रमण गरेको हुन सक्छ,’ पोखरेलले भने।

बाघले आक्रमण गर्नुको अर्को कारण दुर्घटना पनि हुन सक्ने उनले बताए।

अर्को भाले बाघसँग झगडा परेको वा पोथी बाघसँग संसर्ग भइरहेका बेला मान्छे नजिक परे बाघले आक्रमण गर्न सक्छ।

ुपोथी बाघले नजिकै आएको मान्छेबाट आफ्ना बच्चा असुरक्षित छन् भन्ने ठानेर पनि आक्रमण गर्न सक्छ,’ उनले भने, ‘यस्ता घटना अचानक हुने गर्छन्।’

बाघ(मान्छे द्वन्द्व बढ्नुको अर्को कारण बाघको बासस्थानमै मानिस जानु हो। मानिसहरू नजिकैको जंगलमा घाँस काट्न, च्याउ टिप्न, भैंसी चराउन गएका बेला पनि बाघको आक्रमणमा परेका छन्।

ुबाघको संख्या बढेसँगै मानिसहरूमा त्यही किसिमको संवेदनशीलता नबढेकाले पनि घटनाहरू भएका छन्,’ पोखरेलले भने।

बाघ(मान्छेबीचको यो द्वन्द्व घटाउने कसरी तरु

राष्ट्रिय निकुञ्जहरूले अहिले ठाउँ(ठाउँमा क्यामराहरू राखेर बाघको आवतजावत ट्रयाक गरिरहेका छन्।

ुबाघ देखिएको ठाउँमा यहाँ नजानुहोला भनेर सूचना पनि टाँसेका हुन्छौं,’ कोषका बर्दिया प्रमुख कडरियाले भने।

निकुञ्जले नजानू भने पनि कतिपय मानिस जुन जंगलमा बाघ बस्छ त्यसैमा आश्रित हुन्छन्। उनीहरूले जंगलबाट घाँस दाउरा नगरे बस्तुभाउले खान पाउँदैनन्, चुल्होमा आगो बल्दैन।

जंगली जनावर र मान्छेको द्वन्द्व कम गर्न गर्नुपर्ने अर्को पनि काम छ। हाम्रा पूर्वाधारहरू बनाउँदा जनावरको प्राकृतिक रूपमा हुने आवतजावतमा असर नपर्ने गरी बनाउनुपर्छ।

ुविदेशतिर जंगल क्षेत्रमा सडक बनाउनुपर्‍यो भने जनावरहरू ओहोरदोहोर हुने गरी करिडोर पनि बनाइन्छ,’ चिडियाखाना प्रमुख पोखरेलले भने, ‘अब हाम्रोमा पनि त्यस्तो गर्नुपर्ने बेला आएको छ।’

प्रकाशित मिति:July 29, 2022