एकसय ८१ प्रतिशत राजस्व असुली

  Sampatti News Online

July 29, 2022

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेका छन् । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएका थिए ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार सङ्कलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार सङ्कलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति:July 29, 2022