दिपक काफ्ले सचिवमा बढुवा सगै लुम्बिनी प्रदेशको प्रमुख सचिबमा पदस्थापन

  Sampatti News Online

August 5, 2022

काठमाडौँ । सहसचिव दिपक काफ्ले लाई सरकारले जागीरे जीवनको २६औ वर्षमा सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले काफ्लेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको थियो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव दिपक काफ्ले , दोस्रो नम्बरमा नारायण प्रसाद दुवाडी र तेस्रो नम्बरमा विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।

सिफारिस नाम मध्य सहसचिव दिपक काफ्ले लाई सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।
कफ्लेले २०५२साल फाल्गुन ६ गतेदेखि शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

शिक्षा सेवा को उपसचिव हुदै प्रशासन सेवाको सह:सचिब पास गर्नुभएका काफ्ले पाँच जिल्लको प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहि महत्त्वपूर्ण निर्णय गर्दै जनताको मन जित्न सफल काफ्ले चार महत्त्वपूर्ण निकायको महानिर्देशकको समेत भुमिकामा रहि काम गरि सक्नु भएको छ। साथै हिमाल पहाड तराई सबै भूगोलमा रहि एउटा राष्ट्रसेवकको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने प्रशासक हुन।

जहाँ जहाँ रहनुभयो। उहाँले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाले एउटा प्रशासकले चाह्यो भने धेरै कुरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित समेत गराउनुभएको छ ।

काफ्लेले खेल्नुभएको महत्त्वपूर्ण भुमिकाको यथार्थ यतिबेला पनि प्रशासन क्षेत्रमा चर्चा हुने गरेको छ ।

सचिब काफ्लेले बागमती प्रदेशको सामाजिक बिकास सचिबको भुमिका साथै वैदेशिक श्रम रोजगार मन्त्रालयको वैदेशिक महाशाखाको जिम्मेवारीमा रहदै गर्दा २०७९ श्रावण १९ गते सचिबमा बढुवा हुनुभएको हो ।बढुवा सगै सचिब काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिबमा पदस्थापना गरिएको छ।

बढुवा भएका सचिब काफ्लेले जहाँ जहाँ जुन जुन जिम्मेवारीमा रहेर गरेको कार्यले देश अनि जनताको भावनालाइ उच्च प्राथमिक्तामा राखेर काम गर्ने एउटा कुशल प्रशासकको छवि भएका कर्मचारीका रूपमा आफुलाइ स्थापित गराएका छ्न ।
आफ्नो सेवाकाल बाकी रहदै सचिव जस्तो उच्च प्रशासक पदमा बाट रिटायर्ड हुने भएका छन् । यसैगरी मन्त्रीपरिषद निर्णयले ६ सचिबलाई समेत सरुवा गरेको छ।

प्रकाशित मिति:August 5, 2022