केन्द्रीय नेतालाई जिल्ला पठाउँदै कांग्रेस

  Sampatti News Online

August 8, 2022

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्ने भएका छन्।

कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।

आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो।
‘केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन हुन्छ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारीका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएर चुनावी तयारी गर्न लागेको हो।

कांग्रेसले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

प्रकाशित मिति:August 8, 2022