चुनावमा भाग लिन पुगे ११६ दल “दर्ता चल्दै”

  Sampatti News Online

August 8, 2022

मंसिर ४ गते हुने गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन एक सय सोह्र (११६) वटा दल योग्य रहेका छन्।

साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्।
तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ।

आइतबार पहिलो दिन जम्मा ६ दलले दल दर्ता गरेका छन्। आयोगका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।
मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी आयोगमा दर्ता भएका छन्।

सार्वजनिक बिदाका दिन पनि दल दर्ता कार्य गरिने आयोगले यसअघि नै सूचना निकालेर जानकारी गराएको थियो।

दल दर्ताका लागि चुनावमा भाग लिनेसम्बन्धी केन्द्रीय समितिको निर्णयलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति:August 8, 2022