परराष्ट्रमन्त्री डा‍. खड्का आज चीन जाँदै

  Sampatti News Online

August 9, 2022

काठमाडौं । परराष्ट्रमन्त्री डा‍.नारायण खड्का आज चीन जाँदै हो । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएका छन् ।

अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा. खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएका छन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गत हुनेछ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति:August 9, 2022