नर्भिक अस्पतालकाे टहरा आजै भत्काउने

  Sampatti News Online

August 9, 2022

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएका छन् ।

महानगरको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नियम विपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काइने सापकोटाले बताए ।
महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १-८-१-८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:August 9, 2022